सांसद उपस्थिति नभएपछि अर्थ समितिको बैठक स्थगित 

काठमाडौँ । गणपूरक सङ्ख्या नपुगेपछि अर्थ समिति बैठक स्थगित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा १२ जना सांसदको उपस्थितिमा हुनुपर्नेमा ८ जना मात्रै सांसद उपस्थिति भएका हुन् । 

यो पनि पढ्नुहोस

गणपूरक सङ्ख्या नपुगी बैठक सञ्चालन गरेको भन्दै नेकपा (माओवादी केन्द्र) की सांसद गङ्गा कार्कीले विरोध जनाएका थिए । 

उनले सत्तापक्षका सांसदहरू नै बैठकमा उपस्थिति नहुनु राम्रो नभएको र कोरम नपुगी बैठक बस्न नमिल्ने भन्दै विरोध जनाएसँगै समिति सभापति सन्तोष चालिसेले बैठक स्थगित गरे ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...