रवि लामिछानेविरुद्ध ३१ करोड २६ लाख मागदाबीसहित अभियोगपत्र अदालतमा पेश

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रास्वपा सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध आइतबार तीन वटा मुद्दा दर्ता भएका छन् । कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार रविविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाखको विगो मागदाबी गरिएको छ
सरकारी वकिल कार्यालयले अदालतमा लगेको अभियोगपत्रमा रविविरुद्ध सहकारी ठगी मुद्दामा भने ३ करोड ३७ लाखको विगो मागदाबी गरिएको छ ।

‘सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दालाई बेस मानेर संगठित अपराधमा छुट्टै मागदाबी गरिएको छ,’ अदालतका सूचना अधिकारी अधिकारीले भने,‘पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेको हकमा भने सहकारी ठगीमा पाँच करोड २६ लाख र सम्पत्ति शुद्धीकरणमा १४ करोड ३४ लाख रूपैयाँको विगो मागदाबी गरिएको छ ।’

यो पनि पढ्नुहोस

भाजपा नेताको निधन

कविता को मन मा ओम मोडेल

सरकारी वकिल कार्यालयले साढे चार सय पेज लामो आरोपपत्र अदालतमा पेस गरेको छ । अदालतले अहिले अभियोगपत्र अध्ययन गरिरहेको छ । अभियोगपत्रमा रवि र छविसहित ४४ जनाविरुद्ध फरक-फरक मागदाबी गरिएको छ ।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिलमा रविका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय दिएको थियो ।

‘४२७ पेज लामो अभियोगपत्र प्राप्त भएको छ, हामी अध्ययन गरिरहेका छौं’, अधिकारीले भने, ‘केही समयपछि कसको हकमा के भयो सार्वजनिक गर्छौं।’

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...